नेप्से परिसूचक करिब पाँच अंकले बढ्यो

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से बिहीबार ४.९४ अंक बढेर दुई हजार ३२५.४५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०६, फ्लोट इन्डेक्स ०.०३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा पनि सुधार भएको छ। बुधबार एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँचवटाको घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटेल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ। तर, निर्जीवन बिमा, वित्त, म्युचुअल फन्ड र  बैंकिङ उपसमूहको परिसूचक घटेका छन्।

नेप्से परिसूचकसँगै दुई कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर्सको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा १० करोड ३६ लाख रुपैयाँबराबरको कारोबार गरेर नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको पाँच करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

See More On

सुझावित समाचार