सानिमाले ल्यायो ‘डबल धमाका मुद्दती खाता’

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

सानिमा बैंकले ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दती खाता खोल्ने ग्राहकलाई लक्षित गरी बैंकले योजना ल्याएको हो । 

योजनाअनुसार बैंकले साढे ६ वर्षमा दोब्बर भुक्तानी दिने बैंकले जनाएको छ । यसका लागि परिपक्वता समयभन्दा पहिले ब्याज नदिने जनाइएको छ । यस खातामा आउने ब्याजको कर ग्राहकले नै व्यहोर्नुपर्ने उल्लेख छ । 

ग्राहकले व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा खातामा रहेको रकमको ९० प्रतिशतसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ । यसका साथै ग्राहकले दुई लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

यो योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरूसमेत खोल्न सक्ने बैंकले 
जनाएको छ ।  बैंकले हाल देशका सातै प्रदेशमा एक सय २६ शाखा र एक सय १५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार