आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई पे’ले हवाई टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले क्यासब्याक तथा छुट पाउने योजना ल्याएको हो ।
योजनाअनुसार हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक तथा तीन सय रुपैयाँ छुट प्राप्त हुने जनाइएको छ । यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले आइएमई पेले यात्रुलाई हवाई उडानमार्फत यात्रा गर्न प्रोत्साहित गर्न समय–समयमा यस्ता योजनाहरू प्रस्तुत गर्दै आएको कम्पनीले जनाएको छ ।
योजनामा कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको जनाएको छ । पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले मात्र यो अफरमार्फत छुट पाउने जनाइएको छ ।