फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएमडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिनाभित्रै बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरू सय किलोवाटभन्दा बढी मोटर क्षमतामा रहेका छन् ।
यी भ्यानहरूको रेन्ज सिंगल चार्जमा दुई सय ५० किलोमिटर रहेको कम्पनीले जनाएको छ । एमएमडब्लूले वातावरणमैत्री एवं जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउन लागेको बताएको छ । बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनले पनि प्रमाणित गरिसकेको छ ।
पछिल्लो समय लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटरलगायत उत्पादनमा विश्वका सबैजसो अटोमोबाइल कम्पनी सक्रिय रूपमा लागेका छन् ।