सिइओ सम्मेलन २०२२ हुँदै

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

नेपाल व्यवस्थापन संघको आयोजनामा सिइओ सम्मेलन २०२२ हुने भएको छ । संघले आगामी २५ चैतमा होटेल याक एन्ड यतीमा पहिलोपटक सम्मेलनको आयोजना गर्ने भएको हो । उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सिइओको सहभागिता रहने संघले जनाएको छ । संघका अनुसार सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ ।

त्यस्तै, संघले चैत २६ मा राष्ट्रिय व्यवस्थापन महाधिवेशन तथा राष्ट्रिय व्यवस्थापन पुरस्कार समारोहको पनि आयोजना गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । संघका अध्यक्ष किरणकुमार श्रेष्ठले सिइओ सम्मेलनबाट विभिन्न क्षेत्रका भोगाइ, अनुभव संस्थाभित्रको व्यवस्थापनलाई बाहिर ल्याउन मद्दत पुग्ने बताए । ‘व्यवस्थापनभित्रको अनुभव र कोभिड–१९ ले पारेको अर्थतन्त्रका बारेमा खुलेर बहस, अनुभव भोगाइलाई साट्न सक्नेछौँ,’ उनले भने ।

सुझावित समाचार