नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से ४१.४१ अंकले घटेर दुई हजार पाँच सय ७२.२६ मा पुगेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ। आज दुई सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर चार अर्ब ९८ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

निर्जीवन बिमाबाहेक सबै उपसमूहका सेयर मूल्यमा गिरावट
नेप्सेका अनुसार आज कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहका सेयर मूल्य घटेका छन् भने निर्जीवन बिमा उपसमूह मात्रै बढेको छ। निर्जीवन बिमा उपसमूह १३३.३५ अंकले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटेल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बिमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अंकले ओरालो लागेका छन्।
 
आजको बजारमा कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको २७ करोड ५६ लाख ७४ हजार तीन सय ९३ मूल्यबराबरको सेयर कारोबार भयो। यस्तै, गुराँस लाइफ इन्सुरेन्सको रु. १७ करोड ५१ लाख दुई हजार ८६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको रु. १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको रु. १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक सेयर रु १५ करोड ३३ लाख ४० हजारबराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन्।

आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको ९.९९, राष्ट्र उत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको सेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ। उता मल्टिपर्पस फाइनान्स कम्पनीको सेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ। नारायणी डेभलपमेन्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन्। रासस

सुझावित समाचार