जिल्ला प्रशासनको सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

बिहिबार, ६ माघ, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय सिराहाले सेवा लिन आउने सेवाग्राहीहरूका लागि कोभिडविरुद्धको खोपको पूरा मात्रा लगाइसकेको कार्ड अनिवार्य गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शुक्रबारदेखि लागू हुने गरी जिल्ला प्रशासनमा सेवा लिन आउँदा खोप कार्ड अनिवार्य गरिएको बताए।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार सेवा लिन आउँदा कोभिडविरुद्धको खोपकार्ड साथमा ल्याउने वा मोबाइलमा खिचिएको फोटोसमेत नभए प्रवेश नै नदिइने निर्णय गरिएको प्रजिअ खड्काले उल्लेख गरे। 

कुन खोप कति जनाले लगाए ? 
केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म कोभिसिल्ड खोपको पहिलो डोज ८४ हजार सात सय ३८, दोस्रो डोज ४१ हजार नौ सय ९०, भेरोसेलको पहिलो डोज  ९४ हजार नौ सय १९ र दोस्रो डोज ७६ हजार दुई सय ४२ जनाले खाप लगाएका छन्।  त्यस्तै, जोनसन एन्ड जोनसन खोप ४९ हजार छ सय ७८, एस्ट्राजेनेकाको पहिलो डोज ८० हजार चार सय ६० र दोस्रो डोज ३७ हजार ६४ तथा मोडर्नाको पहिलो डोज ७० हजार नौ सय १२ जनाले खोप लगाएका छन्।

सुझावित समाचार