प्रदेश राजधानीको विरोधमा मुख्यमन्त्री राउतको पुत्ला दहन

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले घण्टाघर चोकमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् ।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि मुख्यमन्त्री राउतको पुत्ला दहन गरिएको युवा नेता सुजित गिरीले जानकारी दिए । 

 कुल एक सय चार सांसद रहेकाे प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

See More On

सुझावित समाचार