अब प्रदेश २ को नाम मधेस (भिडियोसहित)

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

प्रदेश २ को नाम ‘मधेस’ रहने भएको छ । सोमबार प्रदेश सभामा भएको गोप्य मतदानले प्रदेशको नाम मधेस राख्ने प्रस्ताव पारित गरेको हो।

हाल कायम रहेका ९९ सांसदमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । सोमबार नै  प्रदेशको राजधानी जनकपुर राख्ने निर्णय भइसकेको छ । 

सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो  । प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

See More On

सुझावित समाचार