शिक्षा मन्त्रालयको मूलढोकामै झडप, केएमसीका सञ्चालकलाई मोसो(भिडियोसहित)

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मूलढोकामा काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनील शर्मालाई मोसो दलिएको छ। कलेजले अतिरिक्त शुल्क लिएकोबारे मन्त्रालयमा भएको सर्वपक्षीय छलफलबाट निस्कँदै गरेका शर्मालाई अखिल क्रान्तिकारीका नेता नरेन्द्र विकले मोसो दलेका हुन्।

मोसो दलिएपछि ढोकामै दुई पक्षबीच झडपको स्थिति पैदा भएको थियो। शर्मालाई मोसो दलेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। केएमसीले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् ।
 

सुझावित समाचार