मिर्चैयामा बेवारिसे महिलाको शव फेला

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिका– ७ छघरेस्थित सामुदायिक वन क्षेत्रमा बेवारिसे महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैयाको छघरेस्थित हरियो सामुदायिक वन क्षेत्रको भालुखोला किनारमा करिब ४० वर्षीया महिलाको शव भेटिएको हो ।

शव भेटिएपछि आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टम तथा शव पहिचानका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । 

रातो ज्याकेट, निलो बुट्टे रङकाे कुर्ती, रातो सुरुवाल लगाएकी महिला गहुँ गोरो वर्णकी रहेको डिएसपी बुढाथोलीले बताए । मधेसी मूलकी जस्तो देखिने महिलाको दुवै खुट्टाको चप्पल, दाउरा बोक्ने बिडियासमेत भेटिएकाले दाउरा खोज्न गएकी हुन सक्ने अनुमान गरिएको उनले बताए।

प्रहरीले शव भेटिएको विषयमा सूक्ष्म अनुसन्धान थलिएको बताए पनि दाउरा खोज्न गएका वेला महिलालाई हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ । 
 

See More On

सुझावित समाचार