१८३ किलो गाँजासहित एकजना पक्राउ

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय ८३ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पालुङबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरीले भीमफेदी गाउँपालिका– २ भैंसेस्थित चेकपोस्टबाट चालकसहित नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा गाडीचालक थाहा नगरपालिका– २ बस्ने रामचन्द्र सिंतान रहेका छन् ।  सिंतानलाई उक्त लागुऔषध गाँजा र गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

See More On

सुझावित समाचार