पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन माग गरेको हो। यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने पनि राप्रपाले जनाएको छ। 

सुझावित समाचार