बागमतीको नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

बुधबार, १४ पुष, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त भएका छन्। बामगती सरकार मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त, सदस्यहरूमा मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरेको हो। 

नियुक्त गरिएका पन्त, लामिछाने र नेपाललाई बुधबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ गराएका छन्। आयोगमा अझै एक महिलासहित एकजना विज्ञबाट सदस्य मनोनीत हुन बाँकी छ। केही दिनमा बाँकी सदस्य मनोनीत हुनेबारे सत्तारुढ दलका नेताहरूबीच छलफल जारी छ। उपाध्यक्ष पन्त नेकपा (एकीकृत समाजवादी), सदस्य लामिछाने नेकपा माओवादी केन्द्र र अर्का सदस्य नेपाल कांग्रेसनिकट हुन्।

यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले हालका राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटालाई उपाध्यक्ष नियुक्त गरेका थिए। करिब दुई वर्ष आयोगको उपाध्यक्ष रहेका देवकोटाले पौडेल मुख्यमन्त्री भइरहेकै अवस्थामा राजीनामा दिएपछि आयोगका तत्कालीन सदस्य श्याम बस्नेतलाई कार्यबाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
 

सुझावित समाचार