कांग्रेस महाधिवेशन : बाँकी मतगणना बुधबारभित्र सकिने

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण
कांग्रेस महाधिवेशन : बाँकी मतगणना बुधबारभित्र सकिने

फाइल फोटो ।

नेपाली कांग्रेसको  १४औँ महाधिवेशनअन्तर्गत जारी मतगणनाको अन्तिम परिणाम बुधबारभित्रमा आउने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार समितिले बुधबारभित्र मतगणना सम्पन्न गर्ने गरी  काम अगाडि बढाएको छ। ‘हामी बुधबारसम्म सबै मतगणना सक्ने योजनाअनुसार काम गरिरहेका छौँ,’ सचिव रिजालले नयाँ पत्रिकासँग भने।

मंगलबारसम्म १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। ७१ केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ।  निर्वाचन समितिका अनुसार प्रदेश २ बाहेक ६ प्रदेशबाट तीनजनाका दरले १८ जना, दलितबाट नौजना, आदिवासी–जनजातिबाट १५ जना, खस–आर्यबाट १३ जना, मधेसीबाट नौजना, थारूबाट चारजना र मुस्लिमबाट तीनजना निर्वाचित हुन बाँकी छन्। 

निर्वाचन समितिका अनुसार सोमबारबाट बागमती प्रदेश, प्रदेश १, मुस्लिम, मधेसी र थारू क्लस्टरको मतगणना जारी छ। यसतर्फको परिणाम भने मंगलबार मात्र आउने समिति सचिव रिजालले जानकारी दिए। यसबाहेक आदिवासी जनजाति, दलित, खस आर्य क्लस्टर र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतगणना बाँकी छ।

सुझावित समाचार