प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा नीति आयोगका पूर्वसदस्य डा. बैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सिरहा मिर्चैया नगरपालिका– २ बस्ने डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
सामाजिक विकासमन्त्री तथा विश्वविद्यालयका सहकुलपति नवलकिशोर साहको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले महतोलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री उक्त विश्वविद्यायका कुलपति रहने ऐनमा व्यवस्था छ ।
केही दिनअघि प्रदेश २ ले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र वीरगन्ज प्राविधिक विश्वविद्यालयको खोल्ने अध्यादेश ल्याएको थियो ।