खराब मौसमका काम अवरुद्ध उडान सुरु भएको छ । आज बिहान साढे ६ र ७ बजे अवतरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एयर अरेबिया र फ्लाई दुबईको जहाजले करिब एक घन्टा आकाशमा फन्को मारेका थिए।
अवतरण गर्न नसकेपछि फ्लाई दुबई लखनउ विमानस्थलतर्फ डाइभर्ट भएका थिए भने भने एयर अरेबिया करिब ९ बजे मात्र त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। मौसम प्रतिकूल भएकाले बिहानी समयका उडानमा अवरोध पुगेको विमानस्थल कार्यालयले जनाएको छ। दुवै जहाज बार्जाबाट आएका थिए। मौसममा सुधार भएपछि अहिले उडान सुचारु भएको छ।