अरुण तेस्रोमा भारतीय मजदुरको ढुंगाले किचेर मृत्यु

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण
अरुण तेस्रोमा भारतीय मजदुरको ढुंगाले किचेर मृत्यु

तस्बिर : संखुवासभामा निर्माणधीन अरुण तेस्रो

संखुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा सुरुङभित्र काम गर्ने क्रममा ढुंगाले किचेर एक भारतीय मजदुरको मृत्यु भएको छ । 

चिचिला गाउँपालिका–३ सोलाखानीस्थित सुरुङभित्र काम गर्ने क्रममा ढुंगा खसेर किच्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंह गम्भीर घाइते भएका थिए । गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुंगा खसेर घाइते भएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । 
    
जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

सुझावित समाचार