सवारी दुर्घटनामा चिकित्सकको मृत्यु

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

सवारी दुर्घटनामा परेर विराटनगरका एक चिकित्सकको मृत्यु भएको छ। बिहीबार राति साढे ११ बजे विराटनगर- ४ मा आफैँले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा जनकपुर– ३ घर भएका २७ वर्षीय चिकित्सक निखिल पन्जियारको मृत्यु भएको हो। ट्राफिक प्रहरी मोरङका इन्स्पेक्टर चन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार मोरङ बुढीगंगा– २ स्थित विराट मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका पन्जियार सोही कलेजमा इन्टर्न गरिरहेका थिए ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका- ४ स्थित कोसी राजमार्ग खण्डमा चिकित्सक निखिलले कुदाएको प्र-२-०२- ००३-प -२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलपछाडि बसेका रामप्रताप साह  घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि फरार भएको मिनी ट्रकलाई  प्रहरीले शुक्रबार बिहान बुढीगंगा- २ बाट नियन्त्रणमा लिएको छ । चालक भने अझै फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।   
 

सुझावित समाचार