ट्याक्टरमा लुकाएको एक सय ८० केजी गाँजासहित एकजना पक्राउ

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

सुनसरीको देवानगन्जबाट एक सय ८० केजी गाँजा, एक ट्याक्टर र एक मोटरसाइकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट ट्याक्टरमा लुकाएर  एक सय ८० केजी गाँजा भारत लैजान खोज्ने देवानगन्ज– ५ का २५ वर्षीय सन्तोषकुमार मेहतासहित प्रदेश –१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टर र को.२९ प ८४८६ नम्बरको मोटरसाइकल प्रहरीले देवानगन्ज  गाउँपालिका– ४ बाट पक्राउ गरेको हो । 

उक्त गाँजा ट्याक्टरमा लुकाएर मोटरसाइकलले स्कर्टिङ गरेर मेहताले भारत लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको चेकिङ टोलीले बुधबार दिउँसो सीमा क्षेत्रबाट सवारी साधनसहित एकजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रयाक्टरका चालक फरार भएकोले खोजी भइरहेको छ।  
 

सुझावित समाचार