सर्वोच्च अदालतका कर्मचारीहरूले २३ दिनदेखि उत्पन्न गतिरोधबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूको ध्यानाकर्षण गराएका छन् । चार सयभन्दा बढी कर्मचारीको हस्ताक्षर पत्रसहित आधिकारिक ट्रेड युनियनले ध्यानाकर्षणपत्र बुझाएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन गरिरहेको वेला कर्मचारीहरूले ध्यानाकर्षण गराएका हुन् । अदालतमा गतिरोध उत्पन्न भई सेवा अवरुद्ध भएर जनताको न्यायप्राप्त गर्ने हक वञ्चित भएको भन्दै अविलम्ब निकास निकाली समस्या समाधान गर्न हस्ताक्षरसहित पत्रसहित बुझाएको आधिकारिक ट्रेड युनियनले जनाएको छ ।
पत्र बुझ्दै प्रधानन्यायाधीश जबराले निकासका लागि गम्भीर भएर छलफल चलाइरहेको बताएका छन् । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले निकासका लागि फुलकोर्ट बसेर गोलाप्रथाद्वारा मुद्दा हेर्न नियमावली संशोधन गर्नुपर्ने भएकोले मस्यौदाको विषयमा छलफलमा रहेको बताए । उनले पनि निकासका लागि गम्भीर रहेको बताएका थिए ।