कौडा खेलिरहेको अवस्थामा लमजुङबाट नौजना पक्राउ

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले बेंसीसहर नगरपालिका– ११ रामचोकबेंसीबाट कौडा खेल्दै गरेको अवस्थामा नाैजनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले सोमबार राति १ बजे पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीको कमान्डमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ वटा कौडासमेत बरामद गरेको छ ।

पक्राउ परेका नौजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका नाैजनाको स्वास्थ्य परीक्षण गरेर राखिएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार