मोरङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

सोमबार साँझ  भएको ट्याक्टर दुर्घटनामा  मोरङमा दुईजनाको मृत्यु भएको छ ।बेलबारी नगरपालिका– ५ कसेनीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक रंगेली नगरपालिका– १ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको हो । 


स्थानीय इन्द्र दर्जीको खेत जोतेर फर्कँदा उकालो बाटो पार गर्ने क्रममा  को.२त ८६८८ नम्बरको ट्याक्टर  अनियन्त्रित हुँदा साँझ ८ बजेतिर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका सहचालक र बालकलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।   

ट्याक्टर र चालक रंगेली– १ का २७ वर्षीय आइत सतारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।   

सुझावित समाचार