नेपाल बारका पूर्वमहासचिव तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाबाटै अन्य सुधारको सुरुवात हुने बताएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दे आइतबार सर्वोच्च परिसरमा नेपाल बारले गरेको विरोध प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता खरेलले यस्तो बताएका हुन्। उनले भने, ‘वकिल भनेका यहाँ उभिने मात्रै होइनन्।जनताको नारी छाम्ने स्पन्दन हुन्। निर्णायक आन्दोलनमा बारको भूमिका नभुलौँ। राजीनामाबाटै अरू सुधारको सुरुवात।’
खरेलले परिवर्तनको मागलाई राजनीतिक दलले बेवास्ता गर्ने हो भने राजनीतिक दलले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए।