प्रधानन्यायाधीशले आज पनि सबैखाले मुद्दाकाे पेसी तोके

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दामा पेसी तोकेका छन् ।  कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा प्रदर्शन गरिरहेको समयमा जबरा वैकल्पिक गेटबाट अदालतभित्र प्रवेश गरेका थिए ।

कार्यालय प्रवेश गरेसँगै उनले आज १० इजलासमा सबै प्रकृतिको गरी दुई सय ७२ मुद्दाको पेसी तोकेका छन् ।प्रधानन्यायाधीशका लागि भने आज कुनै इजलास तोकिएको छैन । 

सुझावित समाचार