स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका हुन्। पछिल्लो समय देशका विभिन्न जिल्लाहरू भ्रमण र भेटघाटमा अधिक सक्रिय हुँदा धपेडीका कारण रक्तचाप बढेको उनकी छोरी गंगा दहालले जानकारी दिइन्। उनका अनुसार अहिले प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो, गंगा दाहालले आफ्नो फेसबुकमा लेखेकी छन्।

See More On

सुझावित समाचार