१८४ किलो चरेससहित तीनजना पक्राउ

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

रत्ननगर इलाका प्रहरी कार्यालयले एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ। चितवन जिल्ला रत्ननगर नगरपालिका–१४ शान्तिचोकबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो। पन्तको घरलाई वडा नम्बर १५ निवासी उद्धव अधिकारीले गोदामका रूपमा प्रयोग गर्दै आएका थिए। गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनप्रासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो। उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

सुझावित समाचार