चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

काठमाडौँको तारकेश्वरबाट चोरीको मोटरसाइकलसहित एकजनालाई महानगरिय ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ। 

सादा पोशाकमा खटिउको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीबाट किर्तीपुर नगरपालिका–२ मा बस्ने २८ वर्षीय बुद्ध बहादुर तामाङलाई पक्राउ गरेको हो। कालो रङको २०० सिसीको एनएस पल्सर मोटरसाईकालको वास्तविक नम्बर परिवर्तन गरी बा.प्र. ०२–०१८ प ४३०१ नम्बर राखेर चलाइरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले जानकारी दिए।  

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्र.३–०२––०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए। 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाईकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि महानगरिय प्रहरी वृत्त बानेश्वर पठाईएको महाशाखाले जनाएको छ। 
 

सुझावित समाचार