राष्ट्रपति भण्डारीको विवरण संकलन गर्दै सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण
राष्ट्रपति भण्डारीको विवरण संकलन गर्दै सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

तस्बिर : रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरवात गरेकी छिन्। बिहीबार बिहान शीतलनिवासमा पुगेका गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरुवात गरेकी हुन्।

आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको हो। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेकाे थियाे।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ।  ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मंसिर ९ गते सकिनेछ। देशभरको जनगणना गर्न ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षक खटाइएको छ।

सुझावित समाचार