दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढ्याे

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दो क्रममा छ । दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढेको हो । 

बासीका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको भन्दै महाशाखाले नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा बुधबार दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रह्यो । 

See More On

सुझावित समाचार