चार वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

सिराहाको पश्चिमी  कल्याणपुर नगरपालिका– ११ मा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बालिका बलात्कारको आरोपमा पूर्वी धनुषाको कमला नगरपालिका– ६ सिंयाहिमडानका करिब २० वर्षीय शेषकुमार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि मंगलबार सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । 

कमला नदीवारि पर्ने जब्दी गाउँमा रहेका आफन्तकोमा आएका वेला सोमबार साँझ आरोपी महतोले चार वर्षीया बालिकालाई आँपको बगैँचामा पुर्याएर बलात्कार गरेको आधा घन्टाभित्रै प्रहरीले जब्दी गाउँको मिलन चोकबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले उल्लेख गरे । आरोपी महतोलाई मिर्चैयास्थित इलाका प्रही कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार