अहिलेका पार्टी र नेतृत्वले देश विकास हुँदैन : भट्टराई

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेका राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने बताएका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियानअन्तर्गत गोरखाका गाउँपालिका/नगरपालिकामा जनतासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । 

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनलाई उदाहरण दिँदै भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण सुनाए । ‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ‘जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’ 

भेटघाटमा भट्टराईलाई जनताले बुढीगण्डकी बन्छ कि बन्दैन ? भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले कुन मोडालिटीमा बनाउने भन्ने टुंगो नलागेकाले आयोजना निर्माणमा ढिलाइ भइरहेको बताए । दुई महिनाभित्रै बुढीगण्डकीको मोडालिटी टुंगो लाग्ने उनको जिकिर थियो । उनले नेपालमा विकास नचाहनेहरूले एमसिसीको विरोध गरिरहेको पनि दाबी गरे । 

सुझावित समाचार