ट्रक र बस ठोक्किँदा दुईजनाको मृत्यु

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

ट्रक र बस एक आपसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  जनकपुरबाट काठमाडाैंतर्फ आइरहेको ना.७ख ८७६ नम्बरको रात्रिबसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गएराति हेटौँडास्थित नवलपुरमा  ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका  घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए । 

See More On

सुझावित समाचार