बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। पाण्डेले प्रदेश सभामा ५९ मत प्राप्त गरी विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ। मतदानका क्रममा २ मत भने तटस्थ देखिएको छ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका थिए।

सुझावित समाचार