म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक–आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एन्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो।
बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एन्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए। म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन्। अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ।
नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एन्ड लभ संस्थामा आबद्ध चेलीहरूलाई धन्यवाद दिए। रासस
बालगृहमा सामूहिक भाइटीका
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका मुख्य १० खबर
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन प्रधानमन्त्री बालेन्द्र शा…
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापा…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने
काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ। बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभ…
नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ
कास्की । आठ वर्षकी एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जामा ३० वर्षका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्…
पर्यटक र यात्रुलाई हैरानी दिएको आरोपमा पोखरामा पाँच पक्राउ
कास्की । पोखराको मुख्य बजार क्षेत्रमा पर्यटक तथा यात्रुहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। प…
‘म्युजिकल चेयरजस्तो बनेको राजनीतिले सबै दल र नेता गलत हुन् भन्ने सन्देश गयो’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति &lsq…