‘लाइभ इन कन्सर्ट’मा झुम्यो गीतानगर

शनिबार, २० कार्तिक, २०७८
डिजिटल संस्करण

तिहारको अवसरमा आयोजित कन्सर्टमा गीतानगरवासी  मज्जाले झुमेका छन्। कोभिड- १९ को कहरसँगै  चाडपर्वको समयमा हुने सांस्कृतिक कार्यक्रमहरू यसअघि रोकिएका थिए। शुक्रबार साँझ गीतानगर ब्वाइज क्लबले विविध सांस्कृतिक कार्यक्रम तथा लाइभ इन कन्सर्टमा आयोजना गरेको थियो। 

स्थानीय कलाकारको नृत्य, गायनसहित कोरोनाकै कारण खुल्ला स्टेजमा लामो समयदेखि नदेखिएका प्रलय र कटाव ब्यान्डकोको प्रस्तुतिमा गीतानगरवासी झुमेका हुन्। गत साल कोभिडकै कारण घरभित्र रमाइलो गर्न बाध्य बच्चादेखि प्रौढसम्म शुभकामना आदान–प्रदान गर्दै सांगीतिक कार्यक्रममा रमाए। 

हरेक वर्ष तिहारको अघिल्लो दिन गीतानगरमा गीतानगर ब्वाइज क्लबले यो कार्यक्रम गर्दै आएको छ। गतसाल कोभिडको कारण कार्यक्रम गर्न नसकिए पनि आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने क्लबका पूर्वअध्यक्ष विष्णुबहादुर भुजेलले बताए।
 

See More On

सुझावित समाचार