स्वास्थ्यमन्त्री खतिवडाको आह्वान– स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाऔँ, नेपाललाई छिट्टै कोरोनामुक्त बनाऔँ

शुक्रबार, १९ कार्तिक, २०७८
डिजिटल संस्करण
स्वास्थ्यमन्त्री खतिवडाको आह्वान– स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाऔँ, नेपाललाई छिट्टै कोरोनामुक्त बनाऔँ

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन आह्वान गरेका छन् । 

शुभ दीपावली, नेपाल संवत र छठलगायतका पर्वको अवसरमा शुभकामना दिँदै खतिवडाले स्वास्थ्य मापदण्ड ख्याल गर्न आह्वान गरेका हुन् । 

उनले चाडपर्व मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गरी नेपाललाई छिट्टै कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।
 
सुझावित समाचार