गुल्मीमा १६ दिनमा १३ सय ३९ ले बनाए नागरिकता

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय गुल्मीले कात्तिक महिनाको १६ दिनमा मात्रै एक हजार तीन सय ३९ नयाँ नागरिकता वितरण गरेको छ। अरू समय दैनिक सरदर ३० देखि ४० नागरिकता वितरण हुन्छ। राहधानी पनि दैनिक २० देखि २५ वितरण हुँदै आएका थिए। 

जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाका अनुसार कात्तिक १ देखि १६ गतेसम्म चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। त्यस्तै, राहधानी सिफारिस द्रुत दुई सय २६ र सामान्य सात सय २४ गरेर नौ सय ५० गरिएको छ भने १६ दिनमा चार सय ४७ जनालाई राहधानी वितरण गरिएको छ। राष्ट्रिय परिचयपत्र एक हजार एक सय ९४ र दलित, जनजातिहरूको नाथ थर प्रमाणित दुई सय पाँचजनाको गरिएको खरिदार थापाले जानकारी दिए।

प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयमा दसैँ र तिहारका वेला नागरिकता, राहधानीलगायतका सेवा लिनेहरूको निकै भिड हुने गरेको छ। दसैँमा नियमितबाहेक बाहिरबाट घर आएकाहरूले पनि मौका छोप्ने भएकाले सेवाग्राहीको चाप बढी हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। उनले पूर्वमा पुर्तिघाटदेखि पश्चिममा अग्लुङसम्मका नागरिकलाई समान व्यवहार गरेर अहिलेसम्म सेवा प्रवाह गरिएको बताए। 
 

सुझावित समाचार