महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन्। साहित्यिक पत्रकार संघ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सन्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पारे। वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविष्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउन सक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गरे।
कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताए। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरवबोध गर्ने गरेको धारणा राखे।
सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँघरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशि थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारू तिमिल्सिना, एलिशा ढुंगानालगायतले कविता वाचन गरेका थिए। संघका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि संघले यस्ता कार्यक्रम गर्ने जानकारी दिए। जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो। रासस
महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
सिड्नीमा परराष्ट्रमन्त्री खनाल र न्यू साउथ वेल्सका प्रिमियर मिन्सबिच भेटवार्ता
सिड्नी/ न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।…
लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित
दाङ/ लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश …
अरिंगालले टोकेर ताप्लेजुङमा तीनजना घाइते
ताप्लेजुङ/ जिल्लाको फुङलिङ नगरपालिका–१, आमबोटेमा अरिंगालले टोकेर तीनजना घाइते भएका छन्। बिहीबार दिउँसो ३ बजेतिर घाँस…
बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्रान्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपा…
मेडिकल शिक्षाको शुल्क र सिट बढाउन निजी मेडिकल कलेजहरूको माग
काठमाडौं/ निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षाको शुल्क र सिट वृद्धि गर्न दबाब दिन थालेका छन्। विगतमा आफूहरूले नेपालको मेडिकल…
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने बागमती सरकारको निर्णय
मकवानपुर/ बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको…