लमजुङमा राति ८ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

लमजुङमा नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय लमजुङले राति ८ बजेपछि देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । 

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ । साथै दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फाेटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । 

विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न प्रशासनले अपिल गरेको छ । 
 

सुझावित समाचार