नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रभु शाहले चितवनको माडीमा बन्ने अयोध्याधामको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन्। एमाले नगर कमिटी माडी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता शाहले घरघरबाट दक्षिणास्वरूप रकम संकलन गरेर अयोध्याधाम बनाउनुपर्ने बताए।
ठूलो बहसकाबीच पार्टी अध्यक्षले परिकल्पना गरेको धार्मिकस्थलको सपना पूरा गर्न जनताको खुन पसिनासमेत समावेश गर्न उनले पार्टीलाई अनुरोध गरे। सम्बोधनको क्रममा नेता शाहले माओवादीसहित क्रान्तिकारी मान्छेहरू पनि केपी ओलीसँगै रहेको उनले दाबी गरे।
उक्त कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले माडी क्षेत्रको अवलोकन गरेका थिए।