लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस पुल निर्माण गरेको छ। डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका– २ राक्से खोलामा फलामको ट्रस पुल निर्माण गरेको हो।
यसअघि कज वे मात्र रहेको उक्त खोलामा पैदलयात्री र दुईपांग्रे सवारीका निम्ति निकै कठिन भएको थियो। स्थानीयले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्न अनुरोध गरेपछि ६० हजार बराबरको लगानीमा पुल निर्माण गरिएको श्रीजङ गणका गणपति जयराम थापाले बताए।
सेनाले ब्यारेकभित्र रहेका फलामका सामग्री र केही सामग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस पुल निर्माण गरेको गणपति थापाको भनाइ छ । पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुईपांग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ।