खाङतेगा पिक आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सोलुखुम्बुको खुम्बुमा अवस्थित खाङतेगा पिक आरोहणका क्रममा तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत हिमाल आरोहणका लागि आएका तीन विदेशी पुरुष कार्तिक ९ देखि बेपत्ता बनेका छन्। उनीहरू सात दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

असोज १८ गते काठमाडौंबाट लुक्ला आएका आठ फ्रान्सेली नागरिकमध्ये थोमस, गाब्रियल र लुइस गत मंगलबारदेखि सम्पर्कविहीन रहेका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनीहरूको खोजीका लागि आजबाट कैलाश एयरको हेलिकोप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ। सोही समूहका पाँच सदस्य भने सुरक्षित रहेको कम्पनीले जनाएको छ।

सुझावित समाचार