दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बसमा ३२ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइँदै छ।
घाइते हुनेमा बैतडीको डिलासैनी गाउँपालिका- ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्ची ओड, दोगडाकेदार गाउँपालिका- ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार- ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका- १० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी रहेका प्रहरीले जनाएको छ ।
जिल्लाको आलिताल गाउँपालिका- १ स्थित घन्टेश्वर मन्दिरनजिक बस दुर्घटनामा परेकाे हाे । ना.८ख ६१३२ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटना के कारणले भएकाे हाे भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।