भारतको रक्सौलबाट अवैध रूपमा वीरगन्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बिआर२२एसी ४०९९ नम्बरको पल्सर मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनार वीरगन्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ परेका हुन्।
उनीमाथि आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।