मुद्दा मिल्नेसँग चुनावी गठबन्धन : प्रचण्ड

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले इमान्दार कम्युनिस्टबीच एकता गरिने बताएका छन् । वामपन्थी र मुद्दा मिल्नेहरूसँग रणनीतिक रूपमा नै गठबन्धन गर्ने कोसिस भएको उनले बताएका छन् । 

बिहीबार चितवनको माडीमा नगर कमिटीलाई प्रशिक्षण गर्दै उनले आफू एकताको पक्षमा रहेको बताएका हुन् । उनले आगामी चुनावमा अहिलेको पाँच गठबन्धनसहित विप्लव र मोहन वैद्यलाई पनि गठबन्धनमा ल्याउने प्रक्रिया अघि बढेको बताए । 

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा अहिले नै गठबन्धन बन्ने प्रतिबद्धता भएको र आधार पनि भएको प्रचण्डले बताए । 

उनका अनुसार आगामी चुनावमा एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने समझदारी बनिसकेको छ । ‘कांग्रेससँग जहाँ निरंकुश प्रकृति हावी हुन्छ, त्यो ठाउँमा सिट तालमेल हुन्छ,’ प्रचण्डले भने, ‘यसरी चुनावमा जाँदा देशको एक नम्बर मोर्चा बन्नेछ ।’
 

See More On

सुझावित समाचार