राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

फाइल फोटो

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए। तर, कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास गरेका हुन्।

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायमै राखेको छ। राष्ट्रिय सभाको अर्को बैठक असोज ८ गते शुक्रबार ११ बजे बस्नेछ।

सुझावित समाचार