नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ। करिब एक महिनाअगाडि नेकपा (एमाले)बाट नेता माधवकुमार नेपालकाे नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो। बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ।
पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगको गठन, पुनर्गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
संगठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ। पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ। पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ। केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ।
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन
सुझावित समाचार
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी बंश…
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…
बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं/ नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक …
६ जिल्लाका २० पालिकालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं/ सरकारले १० र ११ असोजको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न गाउँँलाई विपत् संकटग्रस्त घोषणा गरेको छ ।…
एन्फा अध्यक्ष र महासचिवसहित चारजनाविरुद्ध खेलमा मिलेमतो र ठगीसम्बन्धी मुद्दा दायर
काठमाडौं/ अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत संज…