एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण
एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

फाइल फोटो

नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा एमाले सांसदहरूको अवरोधकै बीच सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाएका छन्। 

नवौँ अधिवेशनको छैटाैँ बैठक सुरु हुनासाथ एमाले सांसदहरू नाराबाजीमा उत्रिएका छन्। एमाले सांसदहरू सभामुखको भूमिकालाई लिएर नाराबाजी गरिरहेका छन्। आजका लागि विनियोजन विधेयकमाथि छलफल र जवाफको कार्यसूची रहेको छ। 

कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७८’ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गरिरहेका छन्।

सुझावित समाचार