महोत्तरीमा आर्केस्ट्रा नाचको विवादले झडप, एकको मृत्यु

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

महोत्तरीमा आइतबार दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एकजना युवा कुटिएको निहुँमा आइतबार दुई पक्षबीच झडप भएको हो। झडपमा ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको छ। कुटिएका युवाको अभिभावक र गाउँका अन्य व्यक्तिहरू कुटपिट गर्नेको घरमा पुगेपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा थप दुईजना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएको छ।

सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा शनिबार राति आर्केस्ट्रा नाच आयोजन गरिएकोमा उक्त नाच हेर्न पुगेका सोनमा गाउँपालिका– २ तरहारीनिवासी सरोज यादवलाई कुटपिट गरी उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेठी सदाले खोसेका थिए। 

सोही सामग्री लिन र आफ्नो भाइलाई किन कुटपिट गरेको भनी सोध्न गएका सरोजका भाइ मुकेश यादवसहितको दर्जनौँको समूहमाथि स्थानीय बिलटु सदासहितका व्यक्तिहरूले कुटपिट गरेका थिए। छोरासँगै पुगेका सरोज र मनोजका बुबा ५० वर्षीय रामप्रसाद यादवलाई समेत कुटपिट गरिएकोमा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा गौशालास्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो। 

See More On

सुझावित समाचार